पछिल्लो २४ घण्टामा कर्णालीमा २० जनामा कोरोना पुष्टि

  Sampatti News

June 9, 2020

काठमाडौँ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्यविद्दान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा आज थप २० जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेशका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्केका छन्। ।

प्रकाशित मिति:June 9, 2020