ओलीको बैंकक बसाई लम्बियो

  Sampatti News

November 21, 2018

नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वनिर्धारित समय भन्दा २ दिन पछि मात्रै नेपाल फर्किने भएका छन् ।

 अध्यक्ष ओली दुइ दिन बैंककमै आराम गर्ने उनको सचिवालयले जानकारी दिएको छ । गत बुधबार आफ्नो श्रीमती र चिकित्सक सहितको टोलि लिएर  बैंकक उडेका ओलीको  स्वास्थ्यमा   कुनै समस्या नरहेको खबर आएको छ ।

उनि संगै गएका चिकित्सक भने फर्किसकेका छन् । केहि वर्ष अघि मृर्गौला प्रत्यारोपण गरेका ओली  नियमित स्वास्थ्य परीक्षण गर्न  बैंकक जाने गरेका छन् ।

प्रकाशित मिति:November 21, 2018