अग्रवालसँग २५ लाख धरौटीको माग

  Sampatti News

April 30, 2020

काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग गरिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाद्धारा तीन साता अगाडी थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउमा परेका अग्रवाललाई काठमाडौ जिल्ला अदालदले धरौटीको लागि २५ लाख ५० हजार माग गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्धा लिएर अभियोग पत्र दर्ता गरेको थियो । कालोबजारी सम्बन्धी मुद्धाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भएपनि एक वर्षभन्दा बढी कैद माग दावी भएपछि अदालतको क्षेत्राधिकारमा पुगेको थियो ।

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत पनि थिए । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि उनीविरुद्ध लागु गरिएको थियो । प्रहरीले पक्राउ गरेसँगै परराष्ट्र मन्त्रालयले उनका सम्पुर्ण सेवा सुविधा फिर्ता गरेको थियो ।

प्रकाशित मिति:April 30, 2020