नेपाली काँग्रेसले जस्तोसुकै परिस्थितिको सामना गरेर मुलुकलाई लोकतान्त्रिक पद्धतिमा लैजान्छ : चौलागाई

  Sampatti News

November 21, 2018

नेपाली राजनीतिको मुलधारमा रहेका विद्यार्थीकालदेखि नेपाली राजनीतिको नजिक रहेर २०४७ सालमा नेपाल विद्यार्थी संघको जिल्ला संयोजक हुँदै दोलखा काँग्रेसको पार्टी राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित पूर्व पार्टी सचिव एवम महासमिती सदस्य केशवराज चौलागाईसँग हामीले संवाद गरेका छौं । ‘अप्रत्यासित’ रूपमा भएको बाम एकताको उद्देश्य, प्रभाव र लोकन्त्रवादी शक्तिले अपनाउनुपर्ने अबको बाटो के हुनसक्छ ? त्यसबारे चौलागाईको धारणा ।

दोलखाको (ख) बाट प्रदेश सभासदस्यमा नेपाली कांगे्रसले उम्मेदवार बनाएको छनिर्वाचन जित्ने कतिको तयारी गर्नुभयो ?
लोकतन्त्रको दुवाई गर्ने गरिमामय पार्टीको कार्यकर्ता भएकोले सधैंदव नागरिकको सम्पर्कमा रहेको हुदा सबै तयारी पुरा गरि सकेका छौं । पाहुना उम्मेदवारहरुलाई जनताले चिनेकाछन कसरी बदला लिने । लोकतान्त्रिक पद्धतिलाई नै खतरामा पार्ने, त्यति मात्र होइन १० बर्ष भित्र साम्यबाद ल्याउनेसम्मका अभिष्ट बोक्नेका बिरुद्ध जनता आफैं सचेत छन। सचेत नागरिकको मत नेपाली कांगे्रसले पाउने छ । बिजय पनि सुनिश्चित छ ।
तपाई र तपाईको पार्टीलाई जनताले मत दिने आधार के छ ?
दोलखा जिल्लाका अधिकांश नागरिक बिपन्न छन । बिपन्न नागरिकको प्रतिनिधि पात्र हुँ म । किसान हुँ म। यहाँ किसानको बाहुल्यता छ । किसानले किसानलाई मत नदिएर अरुलाई मत दिने छैनन । कृषकहरुको उदार हामी बाट मात्र सम्भव छ नकी नव धनाढ्य सामन्तबाट । जनताको रगत र पसिनाको कर चुस्ने र ठुला ठुला जलबिद्युतमा लागानी गर्ने नव धनाढ्य यसपटक जनताले चिन्नेछन। मेरो पार्टी नेपाली कांगे्रस राणाकालदेखि, राजतन्त्र, निरंकुशता र कम्युस्टिहरूसँग लड्दै, जुझ्दै आएको पार्टी हो । जन्मदेखि काँग्रेसले जहिले संघर्षलाई काँधमा बोकेर हिँडेको छ । हरेक परिस्थितिको सामना काँग्रेसले गरेको इतिहास साँक्षी छ । हामीले विगतमा गरेका प्रजातान्त्रिक पद्धतिका प्रयासहरू, प्रतिस्पर्धाहरूले काँग्रेसलाई यो बाम एकताले कुनै असर गर्देन । यिनै आधारले मत जनताले दिनेछन ।
चुनावी महासगरमा बामगठबन्धनले ठुलो माछा तपाईको प्रदेशमा पठाएकोछ जालमा पार्न सक्नु हुन्छ ?
जाल साना साना नाईलनबाट बनेको हुन्छ बिशाल माछा पनि माझीदाईले मारेकाछन । ति श्रमजिवि माझिदाईको मनको ढुक्ढुकीमा म बसेकोछु । पानीमा टिक्न नसकेर जमिनमा फालेको ठुलो माछा धेरै दिन टिक्ने छैन ।

कम्युनिस्ट पार्टीहरूको एकतासम्मको उद्देश्य राखेर जुन गठबन्धन भएकोछ के लाग्छ तपाईलाई ?
फरक फरक पृष्ठभूमीमा रहेका पार्टीहरू तालमेल, एकीकरणको प्रक्रियामा संलग्न भएका छन् । यो राजनीतिक घटना एकाएक भएको देखिएको छ । बामपन्थी वृतमा यसको बारेमा बहस, छलफल बिलकुलै नभएको भने होइन । तर कहिलेकाँही बहस छलफल भए पनि यसरी एकाएक चुनावको संघारमा आएर बाम एकता गरिनुले यसको मनसाय सरकारमाथि आक्रमण गर्ने, अन्यौल सिर्जना गर्ने, संविधान कार्यान्यनमा गतिरोध ल्याउने र अन्तत्वगत्वा संविधानलाई नै जोखिममा पार्ने मनसायले भएको बुझिन्छ ।
बाम गठबन्धनले लोकतन्त्रलाई नै आघात पार्ने हो त ?

तपाईँलाई पनि थाहा होला । डकुमेन्ट पनि बोल्छ । उनीहरूको तालमेल र एकतासम्मको घोषणा अनुसार आसन्न निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर साशकीय स्वरूपलाई नै परिवर्तन गर्ने, नेपालले धेरै लामो संघर्ष, बलिदानी र त्यागबाट प्राप्त गरेको संसदीय प्रजातन्त्रको ठाउँमा साशकीय स्वरूप परिवर्तन गर्ने, लोकतान्त्रिक पद्धतिलाई नै खतरामा पार्ने, त्यति मात्र होइन १० बर्ष भित्र साम्यबाद ल्याउनेसम्मका अभिष्ट उनीहरुले देखेकाछन । यही उद्देश्य राखेर एकीकरणको प्रक्रिया अगाडि बढेको छ ।

हिजोसम्म एकअर्कालाई देखिन सहने शक्तिहरू एकाएक एक भए यसको प्रभाव दोलखामा के रहला ?

जुनसुकै शक्तिको आडमा बाम एकता भएको होस यसले सहमति, सहकार्य र एकतामा अगाडि बढेको राजनीतिलाई धु्रबीकरण गर्ने काम गरेको छ । भरखरै अभ्यासमा आइरहेको संविधान संस्थागत अझै भइन सकेको वा हुने क्रममा अगाडि बढेको लोकतन्त्रलाई जटिल मोडमा पुर्याउने दुस्प्रयास भइरहेको छ । दोलखामा बुद्धिमान पाख्रिन देखी कुलबहादुर तमाङ सम्मको रगतले बाम गठबन्धनलाई सरापने छ । सोझा ,निमुखा सर्वधारणको हत्यामा संलग्नहरुको हिसाब किताव जनताले राखेका छन । हामी यसको साशकीय स्वरूपलाई बदल्छौँ भन्ने अभिष्ट राखेको र १० वर्षभित्र मुलुकमा साम्यबाद ल्याउँछौं भन्ने अभिव्यक्तिले उनीहरूको नियतमा खोट छ भन्ने हाम्रो ठम्याइ हो । यसमा प्रजातन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र मुलुकलाई शान्ति र प्रगतिको बाटोमा लैजान नदिने नियत झल्कन्छ ।
देशमा दुई पार्टी ठिक हुन्छ भन्ने आवाज पनि छबाम एकताले देशका लागि फलिफाप हुन्छ कि अभिसाप ?

कम्युनिस्टहरू पछिसम्म एक रहि रहन सक्लान जस्तो मलाई लाग्दैन । यिनीहरूमा प्रयाप्त मात्रामा वैचारिक विचलनहरू छन् । विभिन्न राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय वस्तुस्थितिको मुल्यांकन गर्ने यिनीहरूको दृष्टिकोणमा विविधता छ । कम्युनिस्टहरू सत्ताका लागि एक ठाउँमा आउने जमर्को गर्दैछन् । त्यही सत्ताकै लागि एकठाउँमा आउने जमर्को स्वरूप यिनीहरूले ६०, ४० को भागण्डा गरेका पनि हुन् ।

यो एकताले काँग्रेसलाई राजनीतिक धक्का पुर्याएको छ भन्छन नि ?

मेरो आफ्नै पनि विद्यार्थी आन्दोलन गर्दाको २०४६÷४७ देखिको अनुभव छ । नेपाली काँग्रेसले जस्तोसुकै परिस्थितिको सामना गरेर मुलुकलाई लोकतान्त्रिक पद्धतिमा लग्ने हो । बामहरू एक हुँदा पनि प्रकारान्तरले काँग्रेसलाई कुनै फरक पर्दैन ।

मुलुककै ठूलो दल बन्ने दाबी गरेको छ नि नेकपा एमालेले त ?

हेर्नुस, एमाले अहिले बडो जोखिममा देखिन्छ । ६०÷४० को भागबन्डा विस्लेषण गर्नुस न । ६० प्रतिशत स्थानमा मात्रै निर्वाचन लड्ने पार्टी मुलुकको पहिलो पार्टी कसरी हुनसक्छ । जसले ६० प्रतिशत ठाउँमा मात्रै उम्मेद्वार उठाउँदै छ भने उसले कसरी दुईतिहाइ ल्याउँछ ? एमाले आफै तेस्रो पार्टी हुने जोखिम छ । माओवादीको त झन संगठन तहसनहस नै छ ।सय प्रतिशत स्थानमा चुनाव लड्ने हैसियत नदेखे पछि न यो गठबन्धनको खिचडी पाकेको हो ।

बाम एकता के हारको मानसिकताको उपज हो भन्नखोज्नु भएको हो ?
देशका विभिन्न ठाउँमा साम्प्रदायिक सद्भाव खलबल्याउने, जातीय द्वैस फैलाउने, समाजिक धु्रबिकरण बढाउने र नक्कली समाजबादका कुरा गरेर दुईचार ठाउँमा मान्छे अलमल्याए भ्रममा पार्नेे कोसिस गरेकाछन जसअनुसारको परिणाम आउने देखिँदैन ।
अब काँग्रेसको कदम कस्तो हुनुपर्छ ?
लोकतान्त्रिक, राष्ट्रबादी र गतिशिलतामा विश्वास गर्ने गैह्रबामपन्थी शक्तिलाई एक ठाउँमा गोलबन्द गर्नुपर्छ । त्यसका लागि काँग्रेसले पहल गरिसकेको छ । कार्यदल अहिले पनि क्रियाशील छ । लोकन्त्रबादी, राष्ट्रबादी र गतिशिलमा विश्वास गर्ने शक्तिलाई एक ठाउँमा ल्याएर बामपन्थीलाई साइजडाउन गर्न सकिन्छ ।

प्रकाशित मिति:November 21, 2018