सिल्क ट्रान्सपोर्ट अनुसन्धानको घेरामा:तातोपानी नाकाबाट अवैध सामान ओसारेकाे आराेप

  Sampatti News

May 9, 2020

काठमाडौं । तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टको नाममा अबैध सामानहरु ओसार्ने काम भईरहेकाे भन्दै केन्द्रीय प्रहरी ब्यूरो सिआईमा पनि उजुरी परेको छ । सुन लगायतका अवैध सामान निर्वाध ढुवानी भईरहेकाे बताउँदै स्थानीय ब्यक्तिहरुले सिआईबीमा पुगेर यस बिषयमा अनुसन्धानका लागि ध्यानाकर्षण समेत गराएका थिए । भने, स्थानीय प्रहरी प्रशासनकै सहयोगमा अवैध सामान आयात हुन थालेपछि चर्को बिरोध भएको थियो । बिरोधका क्रममा स्थानीय जनप्रतिनिधिहरुले पनि यस प्रकारका सामान हाल चेकजाँच नगरी नेपाल नल्याउन आग्रह गरेका थिए । तर, यस बिषयमा कुनै सुनवाई भएको छैन ।

लकडाउनका बेला सहज आयात हुनुपर्ने तातोपानी नाकामा अहिले तस्करका कारण समस्या सिर्जना भएको छ । खुल्ला प्रतिश्पर्धा भएपनि सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि थप समस्या हुन थालेको हो ।

बाह्रविसे ट्रान्पाेर्ट बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको छ । उनी पटक पटक सुन कारोवारमा संलग्न रहेकाे पाईएकाे छ ।

यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोधसमेत गरेका थिए । तर, स्थानीय प्रहरी,प्रशासनलाई प्रभावमा पारेर ती गाडीहरु चेकजाँचसमेत नभएपछि स्थानीय पनि आक्रोशित भएका छन् ।

अहिले नेपाल आइरहेको सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको छ । चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केहि नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुईसमय धेरै कन्टेनर छन् । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यहि कम्पनीको एकलौटी छ ।

कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कर्टीङमा लागिपरेका छन् । अत्यावश्यक र आवश्यक सामान ल्याउन सरकारले छुट दिएको अवसरको फाइदा उठाउँदै सूनको तस्करी व्यापक भइरहेको जानकारहरु बताउँछन् । यी सामानहरु तिव्वतमा वा खासामा मात्र सेटीङ भएर आउने नभइ ग्वानजाओबाटै सेटीङ भएर समेत आउनेब्यसायीहरु बताउँछन् ।

को हुन् रमेश शेर्पा ?

केही समय अघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश शेर्पा सामान्य परिवारमा जन्मेका मानिस हुन् । रमेशको अहिलेको आर्थिक अवस्था देख्नेहरु जो कोही पनि जिभ्रो टोक्ने गर्दछन् ।
सामान्य ब्यवसायी रमेशको अहिले काठमाडौ जोरपाटीमा तीन रोपनी जग्गामा आलिशान महल छ । महलभित्रै स्वीमिङपूल रहेको घरमा भूमिगत गोदाम रहेको समेत अाशंका गरीएकाे छ ।

चीन बाट भारत सुन तस्करी गर्ने रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको थियो । भारतको सिलगुढीमा रमेशमा भिनाजू १६ केजी अवैध सुनसहित पक्राउ परेका थिए । त्यस्तै काठमाडौंको महाबौद्धमा पनि उनको भिनाजूको दाई २० केजी सुनसहित पक्राउ परेका थिए । उनीहरु तीन महिना जेल बसेर निस्किएका थिए ।

हुण्डी कारोवारमा पनि नेपाल प्रहरीले रमेशलाई खोजी गरेपनि उनका कामदारहरुमात्र पक्राउ परेका छन् । नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको छ । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको जानकारहरु बताउँछन् । भोटकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भईरहेको १६ दमलवल २६ क्षमताको हिमरिभर हाईड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनको निकटहरु बताउँछन् ।
यसरी पटक पटक उनका अासेपासे पक्राउमा परेका छन् भने उनकाे सामान समेत समातिएको छ, स्थानीयले समेत चर्को बिराेध गरेका छन् । तर सरकारले यसप्रति कुनै सक्रिय छानबिन देखाएकाे छैन ।

प्रकाशित मिति:May 9, 2020