तिर्न सक्ने उद्योगीव्यावसायीले राजश्व बुझाएर सरकारलाई सहयोग गर्नुपर्छ: गोल्छा

  Sampatti News

June 18, 2020

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्नु नागरिकको जिम्मेवारी भएकाले तिर्न भएकाहरुले तिरेर सरकारलाई सहयोग गर्न आह्वान गरेका छन् ।


गोल्छाले आज ट्वीट गर्दै कर तिर्नु हरेका नागरिकको जिम्मेवारी भएकाले सक्ने उद्योगीरव्यवसायीले राजश्व बुझाएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन– ‘सर्वोच्च अदालतको आदेशले कठिन अवस्थामा हामीलाई केही सजिलो भएको छ ।’


तर, महामारीका कारण कर तिर्न नसक्ने उद्यमी व्यवसायीहरूको समस्या भने सरकारले बुझ्नुपर्ने उनले बताएका छन् ।
गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाटै संकट टर्ने समेत उल्लेख गरेका छन्। ।

प्रकाशित मिति:June 18, 2020