नेपालको संविधानको दोस्रो संशोधन विधेयक राष्ट्रपतिद्धारा प्रमाणितः अब अनुसूची ३ मा नयाँ नक्सा सहितको निशान छाप

  Sampatti News

June 18, 2020

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।


राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।


अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित भएको थियो ।

प्रकाशित मिति:June 18, 2020