फेसबुकले किन हटायाे ट्रम्पकाे पाेष्ट?

  Sampatti News

June 19, 2020

एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुकमा राखेको दर्जनौं विज्ञापन पोष्ट हटाएको छ ।

अमेरिकामा सेप्टेम्बरमा हुन लागेको प्रधानमन्त्रिय चुनावको लागि राखिएका ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र टिम ट्रम्पबाट ती स्पोन्जरड पोष्टहरु राखिएको २४ घण्टापछि मात्रै फेसबुकले हटाएको हो ।

ट्रम्पले राखेका ती विज्ञापन पोष्टमा नाजी पार्टीको घृणाको संकेत जस्तै संकेत राखिएको थियो ।

फेसबुकले २४ घण्टा पछिमात्र हटाएपछि साेहि पोष्ट धेरै मानिसले देखिसकेका थिए । फेसबुकलले संगठित घृणा उत्पन्न गराउने किसिमको पोष्ट भएका कारण नीति उल्लंघन गरेको भन्दै उक्त विज्ञाापन पोष्ट हटाएको हो ।

उल्टाे राताे त्रिभुज जस्ताे संकेत उक्त पाेष्टमा राखिएकाे थियाे । यद्यपी ट्रम्पकाे चुनावी अभियानका प्रवक्ताले भने फेसबुकले यस्तै किसिमकाे संकेत इमाेजीका लागि भने राखेकाे र पाेषटहरूलार्इ खाली अाराेप लगाएकाे बताएका छन् ।

सन् १९३० मा यस्तै संकेत नाजी पार्टीले कम्युनिष्टहरुलाई छुट्याउन र अन्य सामाजिक लोकतान्त्रिक एवं नाजीहरुले बन्दी बनाएका मानिसहरुलाई चिन्न प्रयोग गर्ने गरेको थियो ।

ट्रम्पले पनि अमेरिकामा कालो मानिसको हत्यापछि आन्दोलनमा उत्रिएकाहरुलाई सम्बन्धित बनाउँदै उक्त पोष्ट गरेका थिए ।

त्यसै पोष्टमा नाजीले बन्दी बनाएकाहरुलाई चीन्न प्रयोग गरिएको जस्तै उल्टाे राताे त्रिभुज जस्ताे संकेत राखेका हुन् । यसअघि ट्विटरले पनि ट्रम्पका पाेष्टहरु हटाएकाे थियाे ।

प्रकाशित मिति:June 19, 2020