कोरोना अवधिभर मृत्यु हुने गैरआवासीय नेपालीको परिवारलाई ५० हजार दिने सरकारको निर्णय

  Sampatti News

May 11, 2020

काठमाडौँ । नेपाल सरकारले कोरोनाको प्रकोपको समयावधिमा मृत्यु हुने गैरआवासीय नेपालीको परिवारलाई सान्त्वना अर्थात राहत स्वरुप ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।


श्रम स्वीकृति लिई बैदेशिक रोजगारीको क्रममा रहेका नेपालीहरुको कोरोना प्रकोपको समयमा कुनैपनि कारण मृत्यु हुन गएमा सरकारले मृतकका सम्बन्धीत व्यक्तिलाई सोही बरावरको रकम प्रदान गर्ने भएको छ ।


राहत सहायता अन्तराष्ट्रिय उडान सुचारु भएपछि सम्बन्धीत हकप्रद व्यक्तिले पाउने छ ।


यस्तै, बैदेशिक रोजगार बोर्डका सचिवालयले कोरोनाको कारण शव नेपाल ल्याउन नसकिने भएकाले मृत्यु हुने कामदारको शव सम्बन्धित मुलुकमै तत्काल अन्त्येष्टि गर्नुपर्ने बाध्यता रहेकोले बताउँदै हकदारको तर्फबाट सहमती पत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत पठाउनको समेत आग्रह गरेको छ ।

प्रकाशित मिति:May 11, 2020