पर्वत अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीमा देखियाे कोरोना

  Sampatti News

June 19, 2020


काठमाडौँ । गण्डकी प्रदेशको पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिनुभएकाे हाे ।

संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरिएको छ । अर्को सुचना नआउँदासम्म सेवाहरू बन्द हुने डा देवकोटाले बताएका छन् ।

प्रकाशित मिति:June 19, 2020