काठमाडौँमा आज पनि थप तीन जनामा कोरोना संक्रमण

  Sampatti News

June 19, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ३ जनामा कोरोना पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।

बिहीबार मात्र काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार देशभरिमा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । संक्रमितमध्ये ७ हजार ५६७ पुरुष र ७०७ महिला रहेका छन्। त्ययस्तै शुक्रबार थप २१६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति:June 19, 2020