लकडाउनकाे बेला मादक पदार्थ सेवनगर्ने बुटवलका डिएसपी भट्टराई कारबाहीमा

  Sampatti News

May 15, 2020

बुटवल । कार्यालय समयमा मादक पदार्थ सेवन गर्ने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भिमलाल भट्टराई कारबाहीमा परेका छन्।

डिउटीकै समयमा मादक पदार्थ सेवन गरी डिउटीमा वेवास्था गरेकाे थाहा पाएपछि डीएसपी भट्टराई कारबाहीमा परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय दाङले उनलाई जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया सुरु गरेको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजी रबिन्द्र धानुकले जानकारि गराएका छन् ।

प्रदेश प्रहरी स्रोतका अनुसार मातहतको निर्देशन नमानेको र मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको भेटाएपछि भट्टराईलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको हो।

मुख्यमन्त्रीको सवारीको बेला उपस्थित नभएको र सम्पर्क गर्दा मादक पदार्थ सेवन गरी बसेको खुलेको थियो । उनको कार्यशैली पनि पटक पटक विवादमा परेको थियो । याे पटक पनि लकडाउनकाे ड्युटी उच्च सतर्कताका साथ निभाउनु पर्ने समयमा मादक पदार्थ सेवन गरेर हिडेका उनलाई कानुन बमाेजिम सजाय दिईने स्राेतले जनाएकाे छ ।

प्रकाशित मिति:May 15, 2020