मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता

  Sampatti News

June 22, 2020

काठमाडौं । मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धि सम्झौता भएको छ।

मुक्तिनाथ बिकास बैंकले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्ने गरि सम्झौता भएकाे छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौं,  पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र  सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाडौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरूङ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरे ।

प्रकाशित मिति:June 22, 2020