भारत—चीनको झडपमा दुई चिनियाँ सैन्य अधिकारि मारिएको खुलासा

  Sampatti News

June 23, 2020

काठमाडौँ । भारत— चीन सीमामा जुन १५ मा २० भारतीय सैनिकको ज्यान जाने गरी भएको झडपमा दुई चिनियाँ सैन्य अधिकारी मारिएको खुलेको छ ।


झडपमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको चीनले स्वीकार गरेको छ । चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयले भने हालसम्म घटनामा भएको कुनैपनि हताहतीलाई स्वीकार गरेको छैन ।

घटनामा भारतका कमान्डिङ अफिसर सहित २० जनाको ज्यान गएको थियो ।
घटना लगत्तै चिनियाँतर्फ पनि हताहती भएको बताइएको भए पनि कति संख्यामा हताहती भयो भन्ने बारेमा कुनै जानकारी सार्वजनिक हुन सकेको थिएन।

प्रकाशित मिति:June 23, 2020