स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकले दिए राजिनामा

  Sampatti News

July 2, 2020

काठमाडौं। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । बुधबार पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा पत्र बुझाउनु भएको हो । राजीनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री, राज्यमन्त्री लगायतलाई बोदार्थ दिइएको छ ।

खुल्ला प्रतिस्पर्धा मार्फत छनौट भएका पोखरेललाई लोक सेवा आयोगको सिफासिमा मन्त्रिपरिषद्ले १८ महिना अघि नियुक्त गरेको थियो । उनको कार्यअवधी चार वर्षको थियो ।
तर पछिल्लो समय स्वास्थ्य मन्त्रालयले उनी सहित बिमा बोर्डका सबै पदाधिकारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

स्वास्थ्यका अधिकारीहरुले राजीनामा पत्र आएको र दर्ता भएको भन्दै आवश्यक कारबाही अघि बढाउने बताए ।

पोखरेल स्वास्थ्य बिमा बोर्डमा २०७५ मंसिर २३ मा नियुक्त भएका थिए । तर पुस लागेर मात्रै उनले जिम्मेवारी सम्हालेका थिए ।
सरकारको महत्वकांक्षी योजनामा स्वास्थ्यबिमा कार्यक्रम परेको छ । चालु आर्थिक वर्षका लागि यो कार्यक्रमका लागि करिब ७ अर्ब रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति:July 2, 2020