आजको विनिमय दर कति ?

  Sampatti News

July 6, 2020


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ १२ पैसा र बिक्री दर ११९ रुपैयाँ ७२ पैसा रहेको छ।

युरो एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७२ पैसा र बिक्री दर १४९ रुपैयाँ ४७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७८ पैसा र बिक्री दर २७ रुपैयाँ ९२ पैसा रहेको छ।

कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७१ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा रहेको छ। युएई दिराम एकको खरिद दर ३२ रुपैयाँ ४३ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा रहेको छ।

प्रकाशित मिति:July 6, 2020