नेतृ सरिता गिरीको सांसद पद खारेर,पार्टीबाट समेत निकालिईन

  Sampatti News

July 7, 2020

काठमाडौँ । समाजवादी पार्टीले नेतृ तथा सांसद सरिता गिरीलाई पार्टीबाट निस्कासन गरिएको छ । यससँगै उनको सांसद पद खारेज भएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा उनले विरोध जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । तत्पश्चात पार्टीले संशोधन दर्ता फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि बहिष्कार गरेकी थिइन् ।

पार्टीको निर्देशन तथा राष्ट्रियताको विपक्षमा उभिएको कारण पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति:July 7, 2020