उपत्यकामा आज मंगलबार पनि २८ जनामा कोरोना पुष्टि

  Sampatti News

July 7, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका चार र ललितपुरका १० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर २ सय ४ संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ। त्यस्तै सोही समयावधिमा ६ हजार १ सय ३३ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म पिसिआर विधिबाट दुई लाख ६१ हजार ८ सय ६१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:July 7, 2020