स्थायी कमिटीको बैठक आजपनि स्थगितः असार २६ सम्म नहुने

  Sampatti News

July 8, 2020

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजका लागि हुने भनिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बैठक असार २६ गते सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको वार्तामा आजको बैठकमा निर्णयक सहमति गर्ने विषयमा छलफल भएपनि आज पनि बैठक स्थगित भएको हो ।

नेकपाको आन्तरिक विवाद चुलिँदै आएको छ । असार १० गते देखि जारी स्थायी कमिटी बैठक पनि पछिल्ला दिनहरुमा सर्दै आएको हो ।

नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समस्या समाधानका लागि भन्दै लामो समयदेखि छलफल चल्दै आएको छ । तर पनि निष्कर्षमा आउन भने सकेको छैन ।

प्रकाशित मिति:July 8, 2020