प्रदेश सरकार कोरोना कोषमै ग्लोबल बैँकको १० लाख सहयोग

  Sampatti News

July 8, 2020

काठमाडौँ । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले रु १० लाख सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई बैंकका प्रतिनिधिले आज सोही रकम बराब्रको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी गराए ।

प्रदेश सरकारले सञ्चालन गरेको सो कोषमा विभिन्न बैंकका साथै केही सामाजिक संस्था र उद्योगपतिहरुले सहयोग रकम उपलब्ध गराउँदै आइरहेका छन् ।

प्रकाशित मिति:July 8, 2020