ज्योति विकास बैंकको सिईओमा श्रीचन्द्र भट्ट

  Sampatti News

July 8, 2020

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरेको छ।

बैंकका पूर्वकार्यकारी अधिकृत मनोज ज्ञवालीको बैशाख १५ गते राजीनामा स्वीकृत भएपछि रिक्त रहेको पद उनलाई दिईएको हो ।


भट्टले यसअघि आइएमई लाइफ यन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, मेगा र इन्भेष्टमेन्ट बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए ।

प्रकाशित मिति:July 8, 2020