नविल बैंक र हुवावे टेक्नलोजी नेपालबीच सूचना प्रविधि सेवा सम्बन्धी सम्झौता

  Sampatti News

July 8, 2020

काठमाडौं । नविल बैंक र हुवावे टेक्नलोजी नेपालबीच सूचना प्रविधि सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले बुधबार कम्पनीसँग बुधबार औपचारीक कार्याक्रम गरी रणनैतिक सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

सम्झौतामा पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले वावै जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्दै सो सम्झौताले बैंकको ग्राहक केन्द्रित ‘ल्याडिङ डिजिटल बैंकिङ’ बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने बताए ।

यस्तै हुवावे टेक्नलोजीज् नेपालका प्रतिनिधिले ≈वावैको क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, नो प्रविधिमा आधारित परिवर्तनको प्रक्रियालाई आन्तरिक सञ्चालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

हुवावे हाल विश्वका ५०० उत्कृष्ठ कम्पनीहरु मध्ये २२८ तथा उत्कृष्ठ १०० मध्ये ५८ कम्पनीहरुको प्रविधिमा आधारित परिवतर्नका प्रकृयामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेका छ । हाल विश्व भरी १६०० भन्दा बढी वित्तीय संस्थाहरु हुवावेका ग्राहक छन् । जसमध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ १०० मा पर्छ ।

प्रकाशित मिति:July 8, 2020