खोलामा डुबेर बेपत्ता बालिकाको शव फेला पर्यो, दाजुले मारेर फालेको आशंका

  Sampatti News

July 9, 2020

कैलाली । कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको हो । उनी बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी थिईन । बिहीबार(आज) बिहान शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिकाको शव फेला परे लगत्तै उनका ३४ वर्षीय दाजु भरत सुनारलाई पक्राउ गरिएको बताए ।

‘दाजुले कुटपिट गरी खोलामा धकेलेको भन्ने सूचना आएको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘त्यसैले अनुसन्धान गर्न मृतकका दाजुलाई पनि नियन्त्रणमा लिएका हौँ ।’

प्रकाशित मिति:July 9, 2020