विहिबार(आज) को विनिमय दर

  Sampatti News

July 9, 2020

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार आज मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १ सय ३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

पाउण्ड एकको खरिददर १ सय ५० रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ८४ पैसा रहेको छ।त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रकाशित मिति:July 9, 2020