सुदुरपश्चिममा थप ६७ जनामा कोरोना पुष्टि

  Sampatti News

July 9, 2020

कैलाली । बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमित संख्या २ हजार ७ सय १७ रहेको छ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँबाट ५८, सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट ९ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । पुष्टि भएकामध्ये कैलालीका १३ पुरुष र ६ महिला, कञ्चनपुर ११ पुरुष र १ महिला, अछामका १७ पुरुष, बझाङ्ग ४ पुरुष रहेका छन् ।
हालसम्म ९ सय ९३ संक्रमित निको भइ घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति:July 9, 2020