पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

July 9, 2020

काठमाडौँ । बिहीबार नेपालभर एक सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण देखिएको बताए।

यस्तै बिहीबार १ सय ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै अहिले कोरोना निको भएको संख्या ७ हजार ८ सय ९१ जना पुगेका छन्।

हाल नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति:July 9, 2020