उपत्यकामा विहिबार थप ५ जनामा कोरोना पुष्टि

  Sampatti News

July 9, 2020

काठमाडौँ । काठमाडौँमा पछिल्लो २४ घण्टामा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

प्रवक्ता जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ४९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

प्रकाशित मिति:July 9, 2020