सन्दिपलाई बधाई दिनेहरुको ओइरो

  Sampatti News

November 21, 2018

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत दिल्ली डेयरडेवल्स क्लबमा अनुबन्दित भएपछि उनलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।

प्रधानमन्त्री देउवा देखि लिएर अन्य वरिष्ठ नेता, कलाकार , राष्ट्रिय खेलाडी तथा उनका सम्पूर्ण शुभचिन्तकहरुले सन्दिपलाई आईपीएलमा छनौट भएकोमा बधाई दिएका छन्। प्रधानमन्त्री देउवाले ट्विटर मार्फत सन्दिपलाई ‘मैले मात्र नभएर पुरै राष्ट्रले नै गर्व गरिरहेको र सन्दिपलाई सुखद यात्राको शुभकामना’ भन्दै बधाई दिएका थिए ।

आईपीएल को अक्सनमा परेका सन्दिपलाई अक्सनको दोस्रो दिन आइतवार दिल्ली डेयरडेवल्स क्लबले  न्यूनतम मूल्य २० लाख भारतीय रुपैयामा किनेको थियो । अब उनले गौतम गम्भीर, ग्लेन मेक्स्वेल, अमित मिश्रा, ज्यासन रोय जस्ता चर्चित क्रिकेटका हस्तीहरु संग एउटै क्लबबाट खेल्ने मौका पाउने भएका छन्।

दिल्ली डेयरडेवल्स क्लबले आफ्नो अफिसियल ट्विटर मार्फत १७ वर्षीय नेपाली स्पिनर सन्दिपलाई आफ्नो क्लबमा भित्राउन पाउनु खुसीको कुरा भएको बताएको छ।त्यस्तै राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीहरुले पनि सन्दिपलाई बधाई दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको भन्दै सन्दिपलाई बधाई दिएका छन्। अस्ट्रेलियन खेलाडी माइकल क्लार्कले सन्दिप आईपीएलमा छनौट भएकोमा सुखत खबर भन्दै ट्विटर मार्फत सन्दिपलाई बधाई दिएका छन् ।

प्रकाशित मिति:November 21, 2018