चन्द्रागिरीमा बिहानै देखि हिउँ पर्यो

  Sampatti News

November 22, 2018

काठमाडौं । आज देशैभर अचानक मौसममा आएको एका-एक परिवर्तनसंगै भएको वर्षाले देशका धेरैजसो उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

राजधानी  काठमाडौंमा समुन्द्री सतहबाट २ ५ सय ५१ मिटरको उचाईमा रहेको चन्द्रागिरीमा पनि बिहानै देखि हिउँ परेको छ । केबलकारबाट चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न तथा काठमाडौं उपत्यका अवलोकन गर्न पुगेकाहरु अहिले यतिखेर हिउँमा रमाइरहेका छन् ।

यसबाहेक आज मौसममा आएको परिवर्तनले गर्दा देशका विभिन्न उच्च हिमाली क्षेत्र जस्तै दोलखा जिल्लाको कालिञ्चोक क्षेत्र ,मुस्ताङ,मनाङ, रसुवा, गोरखा र सिन्धुपाल्चोकको  हिमाली भेगमापनि बाक्लो हिमपात भइरहेको छ ।

प्रकाशित मिति:November 22, 2018