समृद्धि हामिले बुझेनौ कि पाएनौ? नेता ज्यू

  Sampatti News

July 27, 2020

नेकपा भित्रको राजनीतिक किचलो देख्दा मलाई अनौठो लाग्छ, समृद्धि हामिले नबुझेको हो कि, साँच्चिकै समृद्धि नपाएको हो भनेर । हिजो बिहान चुनावी माहोलमा नारा लगाइयो सुखी नेपाली, समृद्ध नेपालू भनेर आखिर समृद्धि पाइयो त? गाउँ गाउँमा सिंहदरबार भनियो, यहि हो त सिंहदरबार? कि दरबार राजधानीमा राखेर सिंह स्थानीय स्तरमा पठाएको हो?


देश प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रमा आई पुग्यो। अब खाँंचो समृद्धि कै छ। हिजो बिहान चुनावको बेलामा घर घर गैयो, अनि भनियो हामिलाई भोट दिनुभयो भने समृद्धि पाउनु हुन्छ, यहि नै हो समृद्धिरु खै कहाँ हराए ती नेता? मनमा धेरै प्रश्न हरु उत्पन्न हुने गर्छन। चुनावको समयमा हिंड्न् सक्ने मान्छे लाई पनि मोटरसाइकल प्रयोग गरेर मतदान स्थल सम्म ल्याइयो, खै त ती मोटरसाइकल अहिले मान्छे बिरामी भै मर्नै लाग्दा पनि कहाँ हराए? मतदान गर्नकै निम्ति एउटा ८० वर्षको वृद्धलाई बोकेर मतदान गराइयो। कति मान्छे बिहान ५ बजे देखि नै लाइनमा बसेर मतदान गरे आखिर त्यहीँ कागजमा छाप लगाउनको लागि हो त मतदान? मतदान गर्नुको अर्थ के हो त? उम्मेदवारलाई जिताउने, पठाउने मात्र हो? आखिर ८० वर्षको वृद्धलाई पनि मतदान गराउनुको औचित्य बुझिदिनुपर्यो नेता ज्यू, घामपानी नभनी लाइनमा बसेर गरेको मतको कदर गरिदिनु पर्यो नेता ज्यू।
हामी समृद्धि कै खोजिमा छौ अब ।

२०५५/५६ तिर खनेको बाटोको अवस्था हेरौ उस्तै छ। देशमा संघीयता आइ सक्यो बिचरा ! त्यो बाटो भने उहीँ जनयुद्ध, उहीँ संकट काल मै अल्झी रह्यो। हामी यहि बाटो बाट नै समृद्धिको आशा बोकेका छौ। स्कुलको अवस्था हेरौं उस्तै छ नयाँ\नयाँ अत्याधुनिक भवन बनाउने, शिक्षाको स्थितीमा सुधार भने न आउने। आखिर नयाँ भवन बनाउदैमा शिक्षामा सुधार आउँछ भन्ने छैन। मेरो भनाई यो पनि होइन कि शिक्षालाई सुधार गर्नको निम्ति पुरानै भवनमै पढाउन पर्छ भनेर, नयाँ भवन संगसंगै नयाँ शैली पनि आउनु पर्यो। आखिर २,४ जना आफ्नो मान्छेलाई राहत तथा अनुदान दिदैमा समृद्धि आउदैन नेता ज्यू। धेरै युवालाई विदेश पठाएर रेमिट्यान्स भित्राउदैमा समृद्धि आउदैन नेता ज्यू । वृद्ध भत्ता ३ हजार गराउदैमा समृद्धि आउदैन नेता ज्यू । अब जनताको मर्म बुझिदिन पर्यो नेता ज्यू।
हामी सबै नेपालीको बानी भने भष्ट्रचार रोक्न पर्छ, विकास गर्न पर्छ भन्ने अनि विकासतर्फ भने नलाग्ने। भष्ट्रचार रोक्दैमा विकास हुन्छ भन्ने हाम्रो सोच पनि कतै गलत हो कि भन्ने लाग्छ कहिलेकाहीँ अब भष्ट्रचार रोक्ने सङ्गसङ्गै विकासतिर पनी जोडिन आवश्यक देखिन्छ। कहिलेकाहीँ लाग्छ कतै नपढेको गुरुले पो हाम्लाई पढाइ रहेको छ कि? सबैले कुरा चाहिँ गर्ने तर गरेर चाहिँ कसैले नदेखाउने। यो पनि कमजोरी हो कि?


अब स्थानीय सरकारले स्थानिय स्तरमा रहेका स्रोत र साधनको प्रयोग गराई युवाहरूलाई कृषि तथा पशुपालनमा जोड्नु पर्ने आवश्यक देखिन्छ। कृषि र पशुपालनमा जोडेर मात्र आत्मनिर्भर बनाउन सकिन्छ जस्तो लाग्दैनन मलाई, उत्पादन भएका कृषि उपजहरुको बजार व्यवस्थापन पनि गर्न सकेमा स्थानीय सरकारको औचित्यपूर्ण हुने थियो ।


अब युवाहरूलाई वैदेशिक रोजगारमा पठाएर होइन देशमै उत्पादनमा जोड्न आवश्यक देखिन्छ । आर्थिक वर्ष २०७६र७७ मा तीन लाख भन्दा धेरै नेपाली नागरिकले वैदेशिक रोजगारको श्रम स्वीकृति लिए । हामिले सोही आर्थिक वर्षमै नौ अर्बको बढीको त तरकारी मात्र भित्रायौ । यो हामी नेपालीको लागि राम्रो लक्षण कदापी होइन।

अहिले बनेको संघीय सरकारले अब सबै युवाहरूलाई आत्मनिर्भर बनाउने नीति बनाउन पर्ने देखिन्छ। स्थानीय सरकारले विभिन्न किसिमको प्याकेज ल्याउनपर्ने देखिन्छ। सबैलाई आत्मनिर्भर बनाए पछि मात्र समृद्धिको नाराको सौहार्दपुर्ण औचित्य रहने छ।

लेख लेखकको व्यक्तिगत विचार हो ।

प्रकाशित मिति:July 27, 2020