बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याले जिते कोरोना

  Sampatti News

July 27, 2020

काठमाडौँ। बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोनाभाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन्।
ऐश्वर्या र आराध्या डिस्चार्ज भएको अभिषेक बच्चनले पुष्टि गरेका छन्।

सामाजिक संजाल ट्वीट गर्दै उनले आफ्नो श्रीमती ऐश्वर्या र र छोरी आराध्याको कोरोना परिक्षणको रिपोर्ट नेगटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको जानकारी दिएका हुन्। तर, अमिताभ र अभिषेक भने अझैपनि अस्पतालमै छन्। जुलाई ११ देखि अमिताभ र अभिषेक अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र आराध्यालाई हल्का लक्षण देखापरेपछि जुलाई १२ मा अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति:July 27, 2020