बलिउड अभिनेत्री कंगना घाइते

  Sampatti News

November 22, 2018

चलचित्र ‘मणिकर्णिका’को छायांकनको क्रममा बलिउड अभिनेत्री कंगना रनावत घोडाबाट लडेर घाइते भएकी छिन् । उक्त चलचित्रको एउटा दृश्यमा उनले  घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने थियो । यहि दृश्यको  अभिनय गर्ने क्रममा उनी घोडाबाट लडेकी थिइन् ।

उनलाई दुर्घटना लगत्तै उपचारका लागि गोयल अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टरका अनुसार कंगनाले अब केही दिन हृवील चेयरको सहारामा मात्रै हिँडडुल गर्नुपर्ने र केही दिन आराम गर्नुपर्ने जनाइएको छ  । कंगना घाइते भएपछि चलचित्रको छायांकन प्रभावित भएको छ ।

प्रकाशित मिति:November 22, 2018