चलचित्र ‘लिलिबिली’को छायाँकन लण्डनमा सुरु

  Sampatti News

November 22, 2018

काठमाडौं ।  गोविन्द खड्का र सुदीप शाहीको निर्माण, मिलन चाम्सको निर्देशनर प्रदीप भारद्वाजको लेखेन रहेको चलचित्र ‘लिलिबिली’को छायाँकन लण्डनमा एक भव्य कार्यक्रमगरि गरिएको छ । केही दिन अगाडी युकेमा एक कार्यक्रम सहित चलचित्रको छायाँकन सुरु भएको हो ।

पहिले यस चलचित्रमा अभिनेत्री रेविका गुरुङलाइ लिने भनिएतापनि उनको आफ्नो स्वास्थ्य र भिसाको कारणले  गर्दा यो चलचित्र छाड्ने  निर्णय गरेपछि उनको सट्टा प्रियंका कार्कीलाई यस चलचित्रमा लिइएको हो  ।

निर्माता शाहीका अनुसार चलचित्रमा अहिले महँगो पारिश्रमिकमा अनुबन्धित भएका अहिलेका चर्चित नायक प्रदीप खड्का र अहिलेकी चर्चित नायिका प्रियंकाले  लण्डनका विभिन्न स्थानमा  अभिनय गरिरहेका छन् भने यसपछि छिट्टैनै स्कटल्याण्ड र ईङल्याण्डमा पनि यसको छायाँकन सुरु हुने बताइएको छ ।

साढे २ करोडको अनुमानित बजेटमा बन्ने यस् चलचित्र घोषणा भएको दिन देखिनै चर्चामा रहेको छ । चलचित्र आगामी चैत्र ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउँने छ ।

प्रकाशित मिति:November 22, 2018