आफ्नो स्वास्थ्य र भिसाको कारणले चलचित्र छाडेकी हु : नायिका रेविका

  Sampatti News

November 22, 2018

काठमाडौं । केहि महिना अघि राजधानीको अन्नपुर्ण होटलमा मिलन चाम्सले निर्देशन गर्ने भनिएको चलचित्र ‘लिलिबिली’ को घोषणा गरिएको थियो । यस चलचित्रमा महँगो पारिश्रमिकमा अनुबन्धित भएका अहिलेका चर्चित नायक प्रदीप खड्कासहित दुई नायिका रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तर यसैबीच चलचित्रको बारेमा विभिन्न टिकाटिप्पणी भैरहदा चलचित्रकी दुई नायिका मध्यकी एक नायिका रेविका गुरुङले हालै आएर आफ्नो स्वास्थ्य र भिसाको कारणले आफूले यो चलचित्र छाड्ने  निर्णय गरेको औपचारिक रूपमा जानकारी दिएकी छिन् ।

उनले फेसबुकमा निर्देशक मिलन चाम्सलाई स्टाटस ट्याग गर्दै भनेकी छिन् – ‘म भन्न चाहन्छु कि फिल्म ‘लिलिबिली’ प्रोजेक्ट छाड्नु मेरो आफ्नो डिसिजन हो । यो फिल्मबाट म बाहिरिएपछि धेरै अफवाहहरू चले, तीमध्ये सबै सत्य छैनन् । मेरा सबै सहकर्मीहरूले मेरो स्वास्थ्य अवस्था सामान्य होस् भनेर प्रतिक्षा गर्नुभएको थियो र मेरो भिसा पनि अस्वीकृत हुनु एकै समयमा भयो । मेरो कारणले प्रोजेक्ट रोकिन सक्दैन, त्यसैले म आफंले यो निर्णय लिएकी थिएँ ।’

यस चलचित्रबाट रेविका हट्ने भएपछी उनको सट्टामा नायिका प्रियंका कार्की रहने कुरा चलिरहेको छ। निर्देशक मिलन चाम्ससहित, नायिका प्रियंका कार्की र नायक प्रदीप खड्का अहिले लण्डनमा छन् । साढे २ करोडको अनुमानित बजेटमा बन्ने यस् चलचित्रलाई गोविन्द खड्का र सुदीप शाहीले निर्माण गर्दैछन् भने चलचित्रको सुटिङ लण्डन र स्कटल्याण्डमा हुने  जनाइएको छ ।

प्रकाशित मिति:November 22, 2018