चलचित्र ‘फाटेको जुत्ता’ लाई दर्शकको साथ

  Sampatti News

November 22, 2018

काठमाडौं ।  गत शुक्रबार देखि अल नेपाल  रिलिज भएको कमेडी चलचित्र ‘फाटेको जुत्ता’ लाई दर्शकले मन पराएको देखिन्छ । सिंगल स्क्रिनसँगै मल्टिप्लेक्समा पनि शो पाएको यस चलचित्रले पहिलो दिन र दोस्रो दिनको  प्रदर्शनको आधारलाइ हेर्ने हो भने मल्टिप्लेक्समा भन्दा राजधानीका अधिकांश सिंगल हलहरूमा दर्शकको भिड देखियो ।

तराईको जनजीवन चित्रण गरेको यस चलचित्रका निर्माता अर्जुनकुमार रहेका छन् भने प्रस्तुति निकेश खड्काको रहेको छ ।

यस चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, दयाहाङ राई, वर्षा राउत, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति:November 22, 2018