असोज ११ मा ‘छक्का पन्जा २’ सँग ‘मंगलम’ भिड्ने भएको छ

  Sampatti News

November 22, 2018

नायिका शिल्पा पोखरेलले पहिलो पटक निमात्रीको रुपमा आफुलाई उभ्याउन लागिपरेकी चलचित्र ‘मंगलम’ले दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा २’ सँग असोज ११ गते  प्रतिस्पर्धा गर्ने भएको छ ।

‘छक्का पन्जा २’ सँग प्रतिस्पर्धा गर्न आउन लागेको चलचित्र ‘मंगलम’ लाई छबिराज ओझाले निर्माण गरेका हुन् भने यस चलचित्रको प्रदर्शनको मिति भने असोज ११ भनेर भर्खरै टुंगो लगाइएको हो भने ‘छक्का पन्जा २’ को प्रदर्शन मिति भने चलचित्र घोषणा भएकै दिन दीपक–दीपाले असोज ११ गते भनि सार्बजनिकगरेका थिए  ।

चलचित्र ‘छक्का पन्जा २’ को  मुख्य कलाकारहरुमा दीपक राज गिरी, वर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धि तामांग लगायत छन् भने  मङ्गलममा शिल्पा पोखरेल, पृश्वीराज प्रसाईं र पुष्पल खड्का लगायतका कलाकारहरु ले अभिनय गरेका छन् ।

प्रकाशित मिति:November 22, 2018