नेपाल आइडललाइ जिल्ला अदालतले दियो यस्तो आदेश

  Sampatti News

November 22, 2018

नेपाल आइडलका जजहरुले गएको  हप्ता कसैलाई पनि टप फोरबाट आउट नगरी मनपरि ढंगले  पुनः भोट गर्न आह्वान गरेको भनी सो निर्णय रोक लगाउन माग गर्दै मंगलबार ज्ञानमणि न्यौपानेले जिल्ला अदालत  काठमाडौमा नेपाल आइडलविरुद्ध दर्ता गराएको मुद्दा उपर न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादीबीचको छलफल सुनीसके पछी जिल्ला अदालतले आउने शुक्रबार यस मुद्दाको टुंगो लगाउने भनि दुबै पक्षलाई छलफलका लागि भदौ २३ गते शुक्रबार १० बजे सक्कल फाइल तथा विवरण लिइ अदालतमा उपस्थित हुनु भनि बोलाएको  छ ।

अदालतले अल्पकालित आदेश दिदै यो बिबाद वादी र प्रतिवादीबीचको छलफल सुनी निर्णय गर्न उपयुक्त देखिने हुदा आइडललाइ मुद्दाको किनारा नलागेसम्म प्रतिस्पर्धीहरुको जम्मा भएको भोट गणना गर्ने कार्य नगर्न नगराउन आदेश दिएको  छ ।

प्रकाशित मिति:November 22, 2018