मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या कटौती गर्ने निर्णय गरेको छ ।

  Sampatti News

December 4, 2018

काठमाडौं । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या कटौती गर्ने  निर्णय गरेको छ ।

बैठकले सदस्य संख्या ४७ बाट झारेर २८ ल्याइपुर्याउने निर्णय गरे संगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका छन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा त्यसअघि २३ सदस्यीय रहेको प्रधानमन्त्रीको सचिवालय बढाएर ४६ सदस्यीय पुर्‍याइएको थियो ।

प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि तल्लो स्तर सम्मका सदस्य राखिने हुनाले  तलब भत्ता, इन्धन, सञ्चार लगायतका सुविधा दिँदा राज्यको ढुकुटीबाट  करोडौं रुपैया खर्च हुने गरेको थियो ।

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाका अनुसार बैठकले सरकारलाई विभिन्न विषयमा सुझाव दिन पाँच वटा समिति बनाउने निर्णय गरेको जानकारी गराए

। जसमा आर्थिक तथा पूर्वाधार समिति सामाजिक समिति, राजनीतिक समिति, प्रशासन समिति र विधेयक समिति रहेका छन् ।

प्रकाशित मिति:December 4, 2018