सहसचिवद्वय ढकाल र राना मगर महाबाणिज्यदुतमा सिफारिस

  Sampatti News

August 23, 2020

काठमाडौँ । नेपाल सरकारका दुई सहसचिव नवराज ढकाल र उदय रानामगर ल्हासा र हङकङको ५ महिनादेखि रिक्त रहेको महाबाणिज्यदूतका लागि सिफारिस भएका छन । नुवाकोट जिल्ला स्थायी घर भएका राना झापाको प्रमुख जिल्ला अधिकारी रहेका छन भने ढकाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हङकङका लागि राना र ल्हासाका लागि ढकालको नाम सिफारिस गरेको हो । सम्भवत भोलीसोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई महाबाणिज्यदूतमा चार वर्षका लागि नियुक्त गर्नेछ । महाबाणिज्यदूतमा सिफारिस भएका राना र ढकाल दुबै नेपाल सरकारका इमान्दार कर्मचारी हुन । ढकाल नुवाकोटको बेलकोटगढी एउटै नगरपालिका स्थायी बासिन्दा हुन ।

प्रकाशित मिति:August 23, 2020