स्थानीय तहका ४ कर्मचारीको सरुवा

  Sampatti News

August 24, 2020

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका ८ जना स्थानीय तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले उनीहरुको काज सरुवा गरेको हो ।

पदस्थापन तथा हाजिरीका लागि समस्या भएका ५ जना सहायक चौथो, २ जना अधिकृत छैटौँ, १ जना सहायक पाँचौँ स्तरका कर्मचारीलाई भदौ ३ गतेको सचिव स्तरीय निर्णय अनुसार विभिन्न प्रदेशमा सरुवा गरेको हो ।

नियुक्ति दिएको तर स्थायी दरबन्दी पूर्ति हुँदा सम्बन्धित स्थानीय तहमा हाजिर नगराइएका कर्मचारीलाई उनीहरूले पेस गरेको निवेदन, नियुक्तिको छायाप्रति, सम्बन्धित स्थानीय तहमा पदपूर्तिको कारणसहितको सिफारिस र कर्मचारीहरूले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।
पूर्ण विवरण हेर्न तलको लिंक खोल्नुहोस्: https://drive.google.com

प्रकाशित मिति:August 24, 2020