झापामा सशस्त्रको गोली लागेर एकको मृत्यु

  Sampatti News

August 27, 2020

झापा । सशस्त्र प्रहरीको गोली लागेर बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको हो ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । २ सय भन्दा बढीको स्थानीयले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रकाशित मिति:August 27, 2020