देउवाका विश्वासपात्र मुख्यसचिव रेग्मी नेकपाको सरकारमा कसरी प्रिय बने ?

  Sampatti News

August 31, 2020

काठमाडौँ । मुख्यसचिव लोकदर्शन रेग्मीले मुख्यसचिवको जिम्मेवारी सम्हालेसँगै प्रशासनिक निकाय अनिर्णयको बन्दी बन्नुको साथै भद्रगोल बन्न पुगेको छ ।यहीँ आउदो कार्तिक ४ गते सेवा सकिन लागेका रेग्मी सरकारलाई सेवा सकिनु अगाडि नै पदका लागी वार्गेनिङ के कारण गर्दैछ्न धेरैले रहस्य बुझ्न सकेका छैनन्। यसर्थ उनको नेतृत्वदायी भूमिका असक्षम र असफल सावित भएको छ ।
निजामति सेवाको सबैभन्दा सर्बोच्च पदमा रहेका मुख्य सचिव रेग्मी प्रशासनिक क्षेत्रलाई चुस्त दुरुस्त बनाउन मेहनत गर्नुपर्ने भएपनि उनी कांग्रेस विचारधारामा आस्था राख्ने प्रशासक भएकै कारण नेकपा सरकारलाई भित्रभित्रै असफल बनाउने योजना बुन्ने गरेको उनको कार्यशैली नियाल्दा प्रष्ट हुन्छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि सरकारलाई विवादमा पार्ने गरी विभिन्न गतिविधिमा सहभागि भएका मात्र छैनन् भ्रष्ट चरित्र भएका कर्मचारीहरुलाई काखी च्याप्ने र इमान्दार कर्मचारीको तेजोबोध गराउने कार्यमा तल्लिन छन् । जसको कारण यतिबेला ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारको प्रशासनिक निकाय ‘न हाँसको चाल न बकुलाको चाल’ हुन पुगेको छ ।
रेग्मी अर्थ सचिव हुँदा दिउँसो खाजा समेत द्वारिकालगायतका फाइभस्टार होटलबाट मगाएर खाँदा महिनामा लाखौँ रुपैँयाको व्ययभार अर्थ मन्त्रालयले व्यहोर्नुपरेको थियो । अर्थमा बसेर फाइभस्टारबाट बारम्बार मगाएर खाजामात्र खान थालेपछि उनलाई खाइबा सचिवका रुपमा मन्त्रालयका कर्मचारीले उपनाम दिएका थिए । त्यसो त, शान्तराज सुवेदी लगायतका अर्थ सचिव भएर आउने हरेक सचिवहरुले क्यान्टिनको चाउचाऊ चाऊमिनलगायतका खाजा खान्थे । त्यसैले अर्थ मन्त्रालयमा रेग्मीको प्रवेशसँगै सामन्ती सचिवको प्रवेश भएको अनुभूति भएको तत्कालिन मन्त्रालयका कर्मचारीहरुबीच यतिबेलापनि चर्चा हुने गरेको छ ।
कर फर्छौट आयोगमा दबाब दिएर करोडौँ राजस्व हिनामिना गरेका रेग्मी आफ्ना भतिज रेशमराज रेग्मीलाई महानगरी प्रहरी प्रभाग गौशालामा हुँदा एक प्रेमजोडीको मोबाइल जफत गरि १० हजार घुस खाएको आरोपमा निलम्बन भएपनि रेग्मी गृहसचिव भएकाबेला आफ्ना भतिजलाई निलम्बन फुकुवा गर्दै प्रक्रिया नै नमिल्ने मिसनमा पठाएका थिए । जहाँ जहाँ बसेपनि विवादित छवि बनाउँदै हिड्ने भतिजलाई हाल उनकै दबावमा जिल्ला प्रहरी कार्यालय चितवनको लेखा प्रमुखको रुमपा सरुवा गराएका छन् । गृहसचिव हुँदा एयरपोर्टबाट सुन तस्करीमा ठुलो सेटिङ्गमा सञ्चालित उनले प्रहरीको सरुवा बढुवामा समेत हात बढाएर ठुलो रकम शुभलाभ गरेको चर्चा यतिबेला पनि ताजै छ ।
उनी भूमिसुधार सचिव हुँदा पनि भूमाफियासँग मिलि जग्गाको प्लटिङ्ग गर्नमात्र सहजीकरण गरेनन् सरकारी जग्गाहरु व्यक्तिको नाममा सार्न सहजीकरण गरेर करोडौँ कमाएका थिए । यस्ता अतित बोकेर मुख्यसचिव भएका रेग्मी अहिले सरकारलाई वार्गेनिङ्ग गर्दै अख्तियारको प्रमुख बन्न नेताहरुको घरदैलोमा गैरहेका छन् । प्राप्त समाचार अनुसार आफ्नो रगत नै कांग्रेसी भन्ने रेग्मी हरेक दिन बुढानिलकण्ठ देउवा निवासमा सरकारका महत्वपूर्ण सूचनाहरु पठाइरहने गरेको उनी निकट स्रोतको भनाई छ ।
सरकारको मुख्यसचिव पद प्रधानमन्त्री र सरकारको महत्वपूर्ण कामहरु गराउन यो पद महत्वपूर्ण मानिएपनि विपक्षी दलका नेता शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवासँग हरेक शनिबार साँझ व्रिफिङ गर्न जाने गरेको समाचार स्रोत उल्लेख गर्दछ । तर उनै मुख्यसचिव रेग्मीलाई नेकपाका महासचिव विष्णु पौडेलले आफूँ अर्थमन्त्री हुँदा अर्थसचिव भएको नाता र GAPS को नाताले सबै नेताकहाँ पुर्याउने मात्र गर्दैनन् कांग्रेसी भएपनि सकेसम्म अख्तियार नभए अमेरिका वा बेलायतको राजदूतका लागि सिफारिस गरेको सुन्दा हैन नेकपाको दुई तिहाईमा लोकदर्शन कांग्रेसी भएपनि फिट हुन्छन् कि क्या हो ? के क्षमता छ उनीमा ? नेकपाभित्र खुल्दुली मच्चिएको छ । उनको अतित र कार्यशैली हेर्दा उनलाई पदै पदमा राख्नुपर्ने कुनै कारण छैन । इमान्दार कार्यकर्ताहरु र नेकपाका उच्च नेताहरुको समेत भनाई छ । कसैलाई पदैपद कसैलाई पुर्पुरोमा हात विगतमा वामपन्थीको नाममा पेलिएका पूर्व प्रशासक छैनन् ? बजारमा बहस हुन थालेको छ ।यस्ता भष्टलाइ एकदुई महिना थन्क्याएर राख्देपनी हुनेमा किन यिनलाई बढी महत्त्व दिइएको हो नेता पौडेलसँग के कस्तो सम्बन्ध हो खोजीको बिषय भएको छ।

प्रकाशित मिति:August 31, 2020