श्री भगवान गणेशको दर्शन गरेर आजको राशि हेर्नुस्, दिन शुभ रहने छ

  Sampatti News

September 1, 2020

काठमाडौँ । वि.सं. २०७७ भदौ–१६,मंगलवार, ई.सं.२०२० सेप्तेम्बेर– १, शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि–चतुर्दशी , ०८स्५३ बजे उप्रान्त पूर्णिमा,नक्षत्र–धनिष्ठा ,१६ः५९ बजे उप्रान्त शतभिषा,योग–अतिगण्ड , १४ः३३ बजे उप्रान्त सुकर्मा,करण–वणिज ०८ः५३ बजेदेखि भद्रा , २१ः१२ बजे उप्रान्त कौलव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-उत्पात,सूर्योदय-५स्४३,सूर्यास्त-
१८ः२३,दिनमान३ः१ घडी ३९ पला,पञ्चक, व्रत–पर्व– अनन्तचतुर्दशी व्रत,पूर्णिमा व्रत,कुमारी इन्द्रजात्रा, स्वाँछाय्, लड्कु ढँडार मष्टोपूजा, कृष्ण प्रणामी– सदगुरु श्री देवचन्द्र महाराजको धामगमन।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,गुप्त रोगले सताउने छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ४ रहेको छ ।

तुला–रा,री,रु,रे,रो,ता,ती,तू,ते

आफन्तको विश्वास पर्दा धोका हुनेछ,किनमेल गर्दा सजग रहनु होला,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,सानातिना कामको झमेला आउनसक्छ ,
आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,पारीवारिक सहयोग बढ्ने छ,
आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,काम गर्दा अपमानित हुनुपर्ला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक २ रहेको छ ।

प्रकाशित मिति:September 1, 2020