खानेपानी तथा ढल व्यवस्थापन विभागको पहिलो महिला महानिर्देशकको रुपमा श्रेष्ठ

  Sampatti News

September 13, 2020

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी मीना श्रेष्ठलाई दिइएको छ । निर्वतमान सुनिल कुमार दासलाई मन्त्रालयमा तानिएको छ । दासलाई मन्त्रालयमा तानेर त्यहाँ मीना श्रेष्ठलाई जिम्मेवारी दिइएको हो । उनी खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पहिलो महिला पदस्थापन भएकि हुन् ।

विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको बसेको बैठकले महानिर्देशकमा पदस्थापन गरेको हो । श्रेष्ठलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरिएको खानेपानी मनत्रलयले जनाएको छ । उनी खानेपानी विभागको झण्डै ५ दशकको इतिहासमा नियुक्त पहिलो महिला महानिर्देशक बनेर रेकर्ड कायम गरेकी छिन् ।
०५३ मंसिर १० गते निजामति सेवामा प्रवेश गरेकी श्रेष्ठले सुरुमा शहरी विकास तथा भवन निर्माण विभागको बिल्डिङ एण्ड आर्किटेक उपसमूहमा इन्जिनियर पदमा सेवारत रहिन् ।

०६६ साल चैत्र १२ गते लिखित परिक्षाबाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिज्नल इञ्जिनियर (उपसचिव) पदमा बढुवा हुनुभएकी श्रेष्ठ २०७१ सालमा स्याटिरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी हुन् । स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उहाँ २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गरेकी उनी विगत तीन बर्षदेखि खानेपानी तथा ढल व्यवस्थापन विभागको उप महानिर्देशकको रुपमा कार्यरत थिइन् ।

प्रकाशित मिति:September 13, 2020