केही समय महँगो मूल्यमा प्याज नकिन्न आग्रह

  Sampatti News

September 20, 2020

काठमाडौँ । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ ।
बजारमा प्याजको मूल्यमा
बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगेको पाइएपछि विभागले केही समयको लागि महँगोमा प्याज नकिन्न आग्रह गरेको छ । वाणिज्य, आपुर्ति तथा उपभोत्ता संरक्षण मन्त्री लेखराज भट्ट आफै बजार ग्राहक बनेर निरिक्षण गर्दा समेत प्याजमा चरम कृतिम अभाव र ठगि भएको पाईएपछि विभागले तिव्र रुपमा कारबाहि गर्दै आएको छ । त्यसैले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले भनेको हो ।

‘प्याज अत्यावश्यक वस्तु होइन, व्यापारीले लुकाएका छन्, केही दिन बहिस्कार गरौं, कुहिने डरले आफैं मूल्य घटाउँछन्,’ विभागका निर्देशक एवम् सूचना अधिकारी रवीन्द्र आचार्यले भने । छिट्टै बिग्रन सक्ने कारणले गर्दा प्याज धेरै समय लुकाउन नसक्ने उनको भनाइ छ ।

लुकाएको प्याज खोज्न र बढी मूल्य लिने पसलेललाई कारवाही गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विभाग पनि पूर्ण बलसहित लागेको निर्देशक आचार्यले बताए ।
प्याजको मूल्यमा आफू ठगिएमा तुरुन्त खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ ।
अहिले भारतले प्याजमा बन्देज लगाएपछि यस्ता पाईएको हो ।

प्रकाशित मिति:September 20, 2020