तिम्रो छेउँ बस्दा….

  Sampatti News

September 20, 2020

काठमाडौं । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका प्रतिभाशाली गायक सुरेन्द्र राईको नयाँ ‘एकान्तमा’ एल्बममा समावेस “तिम्रो छेउ बस्दा’ गित सार्वजनीक भएको छ । पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका सोही गित आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

लकडाउन खुकुलो भएसँगै कोरोना नियन्त्रणका न्युनतम मापदण्ड पालना गर्दै निर्माण गरिएको सोही गितमा सुरेन्द्र राई र शिला राईको स्वर रहेको छ । म्युजिक भिडियोमा निर्माता राम शोभा राई रहेका छन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुले अभिनय गरेका छन् । सुरेन्द्र राई र शिला राईको स्वर रहेको गीतमा सुरेन्द्र राईकै शब्द रहेको छ भने रुद्र श्रेष्ठले संगीत भरेको गीतलाई मनोज मोथेले एरेन्ज गरेका हुन् ।
मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तान यीधिङ्गोले निर्देशन र सम्पादन गरेका हुन् भने परोदुच्शन परशुराम राईको डिजाइन गरेका हुन् ।

प्रकाशित मिति:September 20, 2020