शुक्रबार मनकामनामाताको दर्शन् गरि दिन सुरु गर्नुहोस्, दिन शुभ हुनेछ, असोज ९ गतेको राशिफल

  Sampatti News

September 25, 2020

वि.सं.२०७७ असोज–०९,शुक्रवार,ई.सं.२०२० सेप्टेम्बर – २५ ,शक संवत्–१९४२,नेपाल संवत्–११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि(नवमी , २२ः२८ बजे उप्रान्त दशमी,नक्षत्र–पूर्वाषाढा , २३ः०६ बजे उप्रान्त उत्तराषाढा,योग–शोभन , २५ः५२ बजे उप्रान्त अतिगण्ड,करण–वालव ११ः०० बजेदेखि कौलव , २२ः२८ बजे उप्रान्त वणिज,चन्द्रराशि–धनु,आनन्दादि योग–प्रवर्द्ध,सूर्योदय–०५ः५४, सूर्यास्त–१७ः५५,दिनमान–३० घडी ०२ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,अध्ययनमा सुधार सफल भइनेछ,लामो दूरीको यात्रा नगर्नुहोला, आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,झुटको आरोप लाग्न सक्छ,चोट पटक लाग्ने योग छ, आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,आर्थिक संकट पर्ने देखिन्छ, आजको शुभ अंक ९ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खानेकुरा मा विचार पुराउनु होला,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ, आजको शुभ अंक ७ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लामो दूरीको यात्रा नगर्नुहोला,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ, आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,खानेकुरा मा विचार पुराउनु होला, आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ, आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सानातिना कामको झमेला आउनसक्छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ, आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ, आजको शुभ अंक २ रहेको छ ।

प्रकाशित मिति:September 25, 2020