लगातार ओरालो लागेको सुनको मूल्य आज ८ सयले बढ्यो

  Sampatti News

September 25, 2020

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार घटिरहेको थियो । आज शुक्रबार सुनको मूल्यमा ८ सयले बढेको छ । बिहीबार ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेर ९३ हजार ९ सयमा कारोबार भएको सुन चाँदि महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन ९३ हजार ४ सयमा कारोबार भईरहेको छ । यो अघिल्लो दिनको भन्दा ८ सय बढी हो । यसरी नै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ४० रुपैयाले बढेर ११ सय ६० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:September 25, 2020