भगवान शिवको दर्शन गर्नुहोस्, दिन शुभ रहने छ (असोज १२ गते सोमबारको राशिफल)

  Sampatti News

September 28, 2020

वि.सं.२०७७ असोज–१२,सोमवार,ई.सं.२०२० सेप्टेम्बर – २८,शक संवत्–१९४२,नेपाल संवत्–११४०,प्रमादी,दक्षिणायन(शरद,अधिक आश्विन शुक्लपक्ष तिथि–द्वादशी , २१ः४५ बजे उप्रान्त त्रयोदशी,नक्षत्र–धनिष्ठा , २४ः२८ बजे उप्रान्त शतभिषा,योग–धृति , २२ः०८ बजे उप्रान्त शूल,करण–वव ०९ः३४ बजेदेखि वालव , २१ः४५ बजे उप्रान्त गर,चन्द्रराशि–मकर,आनन्दादि योग–शुभ, सूर्योदय–०५ः५५, सूर्यास्त–१७ः५१,दिनमान–२९ घडी ५० पला,धनिष्ठा पञ्चक ११ः५६ बजे प्रारम्भ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ, अध्ययनमा सुधार सफल भइनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला, आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,समस्याहरू धेरै आउनेछन्,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ, पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ, आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानेकुरा मा विचार पुराउनु होला,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, आजको शुभ अंक १० रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ, अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला, आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आर्थिक संकट पर्ने देखिन्छ,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ, गोपनीयतामा ध्यान दिनुहोला, आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ, लामो दूरीको यात्रा नगर्नुहोला, आजको शुभ अंक २ रहेको छ ।

प्रकाशित मिति:September 28, 2020