भारतीय पत्रकार गोस्वामी जमानतमा छुट्दै

  Sampatti News

November 11, 2020

काठमाडौँ । हिरासतमा रहेका भारतीय पत्रकार अनर्ब गोस्वामी हिरासत मुक्त हुने भएका छन् । आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका पत्रकार गोस्वामी हिरासत मुक्त हुने भएका छन् । भारतको रिपब्लिक टिभीका प्रधानसम्पादक गोस्वामी जमानतमा छुट्ने भएका हुन् । सर्वोच्च अदालतले बुधबार उनको जमानत लिन स्वीकार गरेको छ ।

गोस्वामी ३ नोभेम्बरमा मुम्बईस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । एका बिहानै उनको घरमा पुगेको पुलिसले उनलाई भ्यानमा हालेर लगेको थियो ।

यसअघि गोस्वामीले जमानतका लागि बम्बई उच्च अदालतको ढोका ढकढकाएका थिए । उक्त अदालतले जमानत दिन अस्वीकार गरेको थियो । त्यसपछि गोस्वामी सर्वोच्च अदालत गएका थिए । गोस्वामीलाई जमानत नदिने बम्बई उच्च अदालतको कार्य गलत भएको सर्वोच्च अदातले जनाएको छ ।

प्रकाशित मिति:November 11, 2020